रेलले किचेर ३ वर्षमा करिब ५० हजार जनाको मृत्यु

रेलले किचेर ३ वर्षमा करिब ५० हजार जनाको  मृत्यु

भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ ।

रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो संख्यामा नागरिकका मृत्यु भएको हो ।भारतीय रेलसेवाले मंगलबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो । सो दुर्घटनापछि भारतीय रेलसेवा कार्यालयले यो जानकारी गराएको हो ।

रेलमार्गको नजिकैबाट भारतीय हिन्दूहरुको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरुको मृत्यु भएको बताइएको थियो ।

पछिल्लो तीन वर्षमा ४९ हजार ७९० जनाको ज्यान गएको उक्त कार्यालयले जानकारी दिएको हो । भारतीय रेलसेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैयौँ कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएको भए पनि यसरी हुने मृत्युको दरमा भने कुनै कमी आएको छैन ।

भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो । भारतमा दैनिक लाखौं व्यक्तिले रेलमार्गबाट यात्रा गरिरहेका हुन्छन् ।