अछाममा १ सय ११ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ '

अछाममा १ सय ११ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ '

अछाम : अछाममा कोरोना भाइरसको आशंकामा स्वाब संकलन गरेका मध्ये १ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बयालपाटा,मंगलसेन र कमलबजारमा २ सय २६ जनाको स्वाब संकलन गरिएको थियो । 

बयालपाटा अस्पतालबाट मंगलबार संकलन गरिएको ५१ जनाकै रिपोर्ट नेगेटिभ आएको डाक्टर विकास गौचनले बताए । मंगलबार मंगलसेन नगरपालिकाबाट संकलन गरिएको १ सय ७ जनामध्ये ६० जनाको रिपोर्टट पनि नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए । 

अन्यको रिपोर्ट आउने क्रम जारी रहेको ढुगानाले बताए । जिल्लामा भारत तथा बाहिरी जिल्लाबाट ४ हजारभन्दा बढी मानिस भित्रिएका छन्।