मुख्यमन्‍त्रीहरुसँग प्रधानमन्‍त्रीको भिडियो कन्फरेन्स

मुख्यमन्‍त्रीहरुसँग प्रधानमन्‍त्रीको भिडियो कन्फरेन्स

प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित एक्सन रुमबाट शनिबार प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका हुन् । 

ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग कुराकानी गरेका हुन् । 

अहिले प्रधानमन्त्री ओली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टसँग कुरा गरिरहेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) र यसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयासको विषयमा छलफल भएको हो । 

तीन घण्टाअघि सुरु भएको छलफल अहिलेसम्म जारी छ। कन्फरेन्समा सबै मुख्यमन्त्रीले  प्रदेशमा भए गरिएका प्रयाशको बारेमा जानकारी गराएका छन्।