धनगढी : नेकपा सुदूरपश्चिमका ३० जना सांसदले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि साढे ८ लाख सहयोग गरेका छन्।
नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारालामा तामाङ सहितका ३० जना सांसदले १५ दिनको पारिश्रमीक बराबर हुन आउने आठ लाख ४९ हजार ७ सय ५० रुपैँया प्रदेशको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेका हुन्।
प्रदेशसभा सचिवालयको पत्रनुसार कोषमा रकम जम्मा भएको जानकारी सहितको पत्र प्रमुख सचेतक तामाङले मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाएका छन्।
प्रतिकृया दिनुहोस