भारतमा कोरोनाको संक्रमण बढ्दै, मोदीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै

भारतमा कोरोनाको संक्रमण बढ्दै, मोदीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरी एकपटक मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदीको कार्यालयले मंगलबार बिहान १० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिइएको छ ।

गत मार्च २५ देखि जारी २१ दिनको लकडाउन सकिन एक दिन अघि मोदीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । मोदीले लकडाउनको अवधि बढाउने घोषणा गर्ने अनुमान गरिएको छ । कोरोना भाइरसको महामारीका बीच लकडाउन चलिरहदा मोदीले पटक पटक सम्बोधन गरेर आम जनतालाई कोरोनाबाट बच्न सामाजिक दुरी बनाउन अपिल गर्दै आएका छन् ।

भारतीय मिडियाका अनुसार सरकारले अप्रिल ३० सम्म लकडाउनको अवधि बढाउने तयारी गरेको उल्लेख गरेका छन् । भारतमा केन्द्र सरकारले लकडाउनको अवधि नथप्दै कैयौं राज्यले लकडाउनको अवधि बढाईसकेका छन् ।

यसरी लकडाउन बढाउने राज्यमा पंजाव, पश्चिम बङ्गाल, तेलंगाना, महाराष्ट्र र उडीशा राज्यले लकडाउनको अवधि अप्रिल ३० सम्म बढाईसकेका छन् । भारतमा अहिलेसम्म ९ हजार १५२ जना संक्रमित भएका छन् भने अहिलेसम्म ३०८ जनाको मृत्यु भएको छ ।