मन्त्री लेखराज भट्टद्धारा सेती प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

मन्त्री लेखराज भट्टद्धारा सेती प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

धनगढी : उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले सेती प्रादेशिक अस्पताललाई चिकित्सकका लागी आबश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्यकर्मीलाई सजिलो होस भन्दै अस्पताललाई उनले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

उहाँले पिपिई, सेनिटाईजर, मास्क, साबुन र ग्लोब्स लगायतका सामाग्रीहरु स्वकीय सचीव हितेश ओझा मार्फत सेती प्रादेशिक अस्पतालमा हस्तान्तरण गर्नु भएको छ ।

चिकित्सकलाई  अतिआवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएकोमा अस्पताल व्यवस्थापन समितीले मन्त्री लेखराज भट्टलाई धन्यबाद दिएको छ ।