नयाँ वर्षको अवसरमा बोलन्या थलीद्धारा सेती अस्पतालका स्वास्थ्यकर्मीहरुलाई गुलाब

नयाँ वर्षको अवसरमा बोलन्या थलीद्धारा सेती अस्पतालका स्वास्थ्यकर्मीहरुलाई गुलाब

धनगढी : नयाँ वर्षको अवसरमा बोलन्या थलीले सेती प्रादेशिक अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुलाई गुलाब दिएर नयाँ वर्ष मनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणसङ्ग अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै शुभकामना आदान प्रदान गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।

५ जना कोरोना सङ्क्रमित बिरामी रहेको सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले देखाएको साहस र उनिहरुको हौसका लागी आफूले शुभकामना सहित गुलाब दिएको नयाँ वर्ष मनाएको जोशीले बताए ।

पछिल्लो समय सामाजिक कार्य गर्दै आइरहेको बोल्नया थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसद,काङ्ग्रेस सभापति शेर बहादुर देउवासँग छलफल र सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ ।

यस्तै पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र सङ्कलन कार्य र गन्तव्य स्थान पुग्न नसकेका व्यक्तिका लागि धनगढीमा आश्रय अड्डा ,दैलोमै दवाई अभियान समेत सञ्चालन गरिसकेको छ ।

बोलन्या थली सुदूरपश्चिम प्रदेशमा नागरिक अभियानको रूपमा रचनात्मक आन्दोलन गर्दै आइरहेको गैर नाफामूलक संस्था हो ।