स्याङ्जामा १९ वर्षीया एक युवतीलाई बलात्कार गर्ने दुई जना पक्राउ

स्याङ्जामा १९ वर्षीया एक युवतीलाई  बलात्कार गर्ने दुई जना पक्राउ

स्याङजा- स्याङ्जामा १९ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। हरिनास गाउँपालिकाका २० वर्षीय सन्देश थापा र २३ वर्षीय सागर थापालाई जबरजस्ती करणी गरेको आरोपमा शुक्रबार प्रहरीले प्रक्राउ गरेको हो।
कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न मुलुकभर लकडाउन भइरहेको अवस्थामा चैत २८ गते साँझ साढे ५ बजे युवतीलाई घर पुर्योइदिन्छु भनेर ग १८ प १५५७ नं को मोटरसाइकलमा लगेका थिए।

उनीहरुले मोटरसाइकलमा लानेक्रममा एकान्तमा लगि एउटाले जबरजस्ती करणी गरेको र अर्काले गर्ने प्रयास गरेको आरोपसहितको उजुरीको आधारमा प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

सन्देश थापाले जबरजस्ती करणी गरेपछि सागर थापाले जबरजस्ती करणीको प्रयास गर्ने क्रममा स्थानीयले देखेपछि दुबैजना मोटरसाइकल चढेर भागेको बताइएको छ।

जबरजस्ती करणी गरेको भन्दै वडा प्रहरी कार्यालय वालिङमा उजुरी आएपछि तत्कालै प्रहरीले खोजीकार्य अघि बढाएको हो। आइतबार दुबैलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।