इलाटीमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो

इलाटीमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । मंगलबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २० हजार ४६५ पुगेको छ ।

इटालीमा एकैदिन ५६६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २० हजार ४६५ पुगेको हो । इटालीमा एकैदिन ३हजार १५३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५९ हजार ५१६ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३५ हजार ४३५ जना उपचारपछि निको भएका छन् । ३ हजार २६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ३ हजार ६१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १९ हजार ५९५ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख २३ हजार ६५० नाघेको छ ।