भ्याक्सिन नआएसम्म कोरोना रोकथाम सम्भव छैन : विश्व स्वास्थ्य संगठन

भ्याक्सिन नआएसम्म कोरोना रोकथाम सम्भव छैन : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमण एक प्रभावकारी भ्याक्सिन नआएसम्म रोक्न सक्ने जनाएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनै आवस्यक रहेको बताएका हुन्।  

‘हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ’ उनले भने, 'प्रभावकारी भ्याक्सिननै यसको उपचार हो ।'

२०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेईको बुहानमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख बढीको ज्यान गइसकेको छ ।