कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा एक जनाको मृत्यु

कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा एक जनाको मृत्यु

कञ्चनपुर : जिल्लाको भीमदत्त नगरपालिकामा गहुँ थ्रेसिङ गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।गएराति भीमदत्त नगरपालिका वडा नम्बर ६ वनगाउँमा गहुँ थ्रेसिङ गर्ने बेला पट्टा लागेर स्थानीय नरी चन्दको मृत्यु भएको हो ।

थ्रेसरको पट्टा लागेर गम्भीर घाइते भएका चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले जानकारी दिए ।