खानेपानी मन्त्री बिना मगरद्धारा आफ्नो निर्वाचन क्षेत्रमा १०० क्विन्टल चामल सहयोग

खानेपानी मन्त्री बिना मगरद्धारा आफ्नो निर्वाचन क्षेत्रमा १०० क्विन्टल चामल सहयोग

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले चार स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराएकी छिन । मन्त्री मगरले निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल उपलब्ध गराएकि हुन । 

मन्त्री मगरले सचिवालयका प्रतिनिधि दीपक तिमिल्सिना, सुन्दर चौधरी, प्रकाश मोक्तानमार्फत स्थानीय तहमा चामल उपलब्ध गराउनुभएको हो । 

दैनिक ज्याला मजदुरी गरी खाने वर्गलाई समस्या भएपछि राहतस्वरूप मन्त्री मगरले चामल उपलब्ध गराउनुभएको मन्त्री मगरका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिए । उनका अनुसार मन्त्री मगरले व्यक्तिगतरूपमा चामल सहयोग गरेकी हुन ।

“कोरोना भाइरसका कारण देश लकडाउन गरिएपछि गरीखाने वर्ग निकै अप्ठ्यारोमा परेको जानकारी पाएपछि मन्त्री मगरले चामल उपलब्ध गराउनुभएको हो” ।