कोरोनाविरुद्धको संघर्षमा एकता जनाउँदै सीके राउतले शंख फुक्दै बजाए घण्टी

कोरोनाविरुद्धको संघर्षमा एकता जनाउँदै सीके राउतले शंख फुक्दै बजाए घण्टी

कोरोना भाइरसविरुद्धको संघर्षमा एकता प्रदर्शन गर्न भन्दै जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले शंख बजाएका छन् । मधेशमा मंगलबार सिरुवा पर्वको अवसर पारेर उनले जनकपुरधामस्थित आफ्नै निवासमा शंख बजाएका हुन् ।

उनकै आह्वानमा मधेशका जिल्लाहरुमा शंख, घण्ट, थाली र ताली बजाइएको छ । उनका कार्यकर्ताहरुले सामूहिक रुपमा बिभिन्न जिल्लामा बिहान ७ बजेर ७ मिनेटमा थाली, ताली, घन्ट, शंख, सिटी बजाएका हुन् ।

उनले कोरोनाविरुद्धको संघर्षमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवीसहित सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।