एसपी घिमिरे : जसले आफूसँगै कैलाली प्रहरीलाई चिनाए

एसपी घिमिरे : जसले आफूसँगै कैलाली प्रहरीलाई चिनाए

धनगढी : गत असार २२ गते जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले फेसबुकमा स्टाटस लेखे, ‘पुन्य कमाउने जागिर खाएको रहेछु ।’

उनको स्टाटस त्यसपछि आएको थियो, जति बेला उनले कैलालीको गौरीगगा नगरपालिकाकी एक युवतीलाई सामूहिक बलात्कारपछि हत्या गर्ने पाँच जनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे । 
वास्तवमै पत्रकार सम्मेलनमा जब घिमिरे उक्त घटनाबारे पत्रकारलाई जानकारी गराउँदै थिए, उनी पनि भावुक हुँदै गए । 

उनले निकै भावुक हुँदै पत्रकारलाई घटनाको बेल विस्तार लगाए, ‘यी यौन पिपासुहरुले दर्दनाक घटना घटाए । पाँचै जनाले सामूहिक बलात्कार गरिसकेपछि हत्या गर्ने योजना उनीहरूको थियो । तर, तिन जनाले पालैपालो बलात्कार गरेपछि चौथो जनाले बलात्कार गर्ने क्रममा ती युवतीको मृत्यु भइसकेको पक्राउ परेका अभियुक्तले बयान दिएका छन् ।’

उनले सामूहिक बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरेको भनेर मात्रै फेसबुकमा स्टाटस लेखेका थिएनन्, युवतीको तिन जनाले पालैपालो बलात्कार गरेपछि चौथो जनाले बलात्कार गर्ने क्रममा मृत्यु भएकी युवतीको पिडा सम्झेर त्यस्ता यौन पिपासुलाई कानुनको कटघेरामा उभ्याउन पाउँदाको खुसीको स्टाटस थियो । 

एक वर्षअघि सुरक्षा संवेदनशीलताको दृष्टिले निकै जोखिम पूर्ण मानिने कैलाली प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर आएका घिमिरेले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनलाई सफलता पूर्वक सम्पन्न मात्रै पारेनन, अपराधीलाई कानुनको कटघेरामा उभ्याएर सयाँै पीडितका आँखामा खुसीका आँसु बगाई दिएका छन् । 

यसअघि जिल्लामा हुने आपराधिक घटना गर्भमै रहेन अवस्थामा एसपी घिमिरेले भने कुनै पनि अपराधीलाई उम्पन दिएका छैनन् भने पीडित परिवारलाई न्याय दिलाउन सफल भएका छन् । 
उनी कैलाली आएपछि (एक वर्ष) भएका प्रत्येक घटनाका दोषीलाई पक्राउ गरेर सफल एसपीको रूपमा चिनाउन सफल भएका छन् । 

केही दिन अगाडि मात्रै उनको भरतपुर तालिम केन्द्रमा सरुवा भएको छ । सरुवा भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै घिमिरेले एक वर्षै कार्यकालमा गरेका र गर्न नसकेका कामको जानकारी दिए । 
कस्तो रह्यो त एसपी घिमिरेको एक वर्षै कैलाली बसाई :
पहिलो सफलता : दुई तहका चुनाव 
कैलाली जिल्ला सुरक्षा संवेदनशीलताको दृष्टिले निकै जोखिम पूर्ण जिल्ला हो । भारतसँग जोडिएकोले धेरै आपराधिक क्रियाकलाप हुने भएकाले यस जिल्लालाई बढी जोखिमपूर्ण मानिन्छ । चुनावका बेला पनि यहाँका ६० प्रतिशत मतदान केन्द्र अति संवेदनशीलमा पर्छन् । 

तर, एसपी घिमिरेको सही नेतृत्वले गर्दा गत मसरिमा सम्पन्न स्थानीय र केन्द्रको चुनाव सफलता पूर्वक सम्पन्न भयो । विप्लवदेखि थारुहट पार्टीहरूले चुनाव बहिष्कार गरेका कारण चुनाव हुन्छ कि हुँदैन भन्ने आशका व्यक्त भइरहेका बेला कैलालीमा दुवै तहका चुनावमा कुनै अप्रिय घटना भएन ।

दोस्रो सफलता : खुकुरी प्रहार गरी हत्या काण्ड

फागुन १७ गते राती सामान्य विवाद हुँदा टीकापुरका सन्दीप रावल र सागर पाण्डेयले धारिलो हतियार प्रहार गरी कर्ण थापाको हत्या गरे र फरार भए । 

त्यसपछि अशान्त बनेको टिकापुरका अर्को्दिनदेखि नै आन्दोलन सुरु भयो । पहाडी समुदायले थारु समुदायका केही पसल भत्काईदिए । 

त्यसपछि एसपी घिमिरे आफै घटनास्थलमा खटिए, आक्रोशित भीडलाई शान्त पारेर अनुसन्धानमा खटिए । 

हत्या गरेको राती नै बर्दिया गएका उनीहरूलाई फोन ट्रयापिङ्गको आधारमा फागुन २३ गते काठमाण्डौमा पक्राउ गरियो । 

उक्त घटनाबारे एसपी घिमिरे भन्छन् : ‘हत्याको विषयलाई लिएर टिकापुरवासि निकै आक्रामक भई सकेका थिए । म आफै घटनास्थल गएर अनुसन्धानमा खटिए र अपराधी पत्ता लागे । नत्र दोस्रो टिकापुर घटना हुने सम्भावना थियो ।’

तेस्रो सफलता : बोक्सी काण्ड

विश्वभर अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाईरहदा कैलालीको घोडाघोडी नगरपालिकाको देउकलियामा राधा चौधरीलाई भोले बाबा भनिने राम बहादुर चौधरीले बोक्सी आरोपमा कुटपिट गरे । 

स्थानीय र जनप्रतिनिधिकै मिलेमतोमा घटनालाई ढाकछोप गरी मिलापत्र गराउने प्रयास प्रहरीकै सक्रियताका कारण असफल भयो र कथित बोक्सीको आरोपमा कुटपिट गर्ने भोले बाबा र उनलाई सघाउने दुई युतवी जेल सजाए भोगिरहेका छन् । 

घटना भएको दिन घिमिरे बिदामा थिए । तर, घटनापछि बिदा नबसी उनी घटनास्थल गए र घटनामा सग्लनदेखि सहयोगीलाई पक्राउ गरेर कानुनी घटघेरामा ल्याए । 

चौथो सफलता : प्रेमीसँग मिलेर श्रीमानको हत्या काण्ड

जसरी पनि विवाह गरेर एक अर्काको हुने कसम खाएका कैलालीको गोदावरी नगरपालिका, १० घर भएका लक्ष्मी बडेला र वडा नम्बर १२ का दीपक खत्रीको बिहे परिवारले अस्वीकार गरिदिए र लक्ष्मीको बिहे गत वैशाखमा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का तेजबहादुर विष्टसँग भयो । 

लामो समयसम्म प्रेम सम्बन्धमा रहेका लक्ष्मी र दीपकले एक हुन नसेकेपछि योजनाबद्ध रूपमा असार ८ गते तेजलाई अत्तरीया बोलाएर मदिरा खुवाएर भासुको भिरमा लगेर हत्या गरे । 

तेज ससुराली गएको दुई दिनपछि मात्रै उक्त कुरा प्रहरी कहाँ आएको थियो । त्यसपछि आफै अनुसन्धानमा खटिएका एसपी विष्टले दुई दिनपछि घटनाको सबै सत्य तथ्य कुरा बाहिर ल्याए । 

परिवारले बेपत्ता भएका भनी प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा भासु भिरमा मृत फेला पा¥यो । 

असार १२ गते पत्रकार सम्मेलन गर्दै प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा लक्ष्मी बडेला र दीपक खत्रीलाई सार्वजनिक गरे ।  

पाचौँ सफलता : सामूहिक बलात्कारपछि हत्या काण्ड 

कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी २१ वर्षीया माया विक नगरपालिकाको सामाजिक परिचालिका पदमा असार ५ गतेदेखि कार्यरत थिइन् । 

उनीसँगै सोही नगरपालिका, ११ शिवपुरका ३० वर्षका गणेश बडुवाल र वर्ष २१ का सुरज चौधरी पनि सोही पदमा कार्यरत थिए ।

विवाहित गणेशले कार्यालय समयका बेला असार ८ गते यौन प्रस्ताव राख्दा नमानेपछि अन्य साथीको सहयोगमा असार १२ गते मायाको सामूहिक बलात्कारपछि हत्या भयो । 

पाँच जनाले बलात्कार गरिसकेपछि मार्ने उनीहरूको योजना थियो । उनीहरूले सल्फास पनि सँगै लिएका थिए । तर, तिन जनाले बलात्कार गर्दागर्दै मायाको ज्यान गई सकेको थियो । 

घटना असार १२ गतेको थियो । १२ गतेदेखि माया बेपत्ता भएपछि आफन्तले दुई दिन आफै खोजी गरे तर, काहीँ पनि फेला पारेनन् ।

माया कहीँ पनि फेला नपरेपछि परिवारले असार १४ गते इलाका प्रहरी कार्यालय मसुरीयामा उजुरी दिए ।
त्यसपछि प्रहरी निरीक्षकको टोलीले खोजतलास गर्दा मायाको शव जेठ १५ गते जङ्गलमा सडेको, अर्धनग्न र हात पछाडि बाँधिएको अवस्थामा फेला प¥यो ।

प्रहरीले मायाको बलात्कारपछि हत्या भएको आशकामा अनुसन्धान थाल्यो । १६ गते प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान समिति गठन गरियो भने १७ गते जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षकको टोली गठन गरी शून्यबाट छानबिन गरियो ।

‘घटना भएको ४ दिनपछि शव फेला पारेका थियौ । त्यसैले शून्यबाट अनुसन्धान गर्नुपर्ने थियो ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, ‘इलाका प्रहरी कार्यालयमा परेका उजुरीमा आधारमा छानबिन थालेका हौ । एक हप्तापछि सफल भयौ ।’

उनी उक्त घटनालाई सम्झँदै भन्छन, ‘यदि हामीले घटनामा चासोन नदेखाएको भए माया विक घटना पनि निर्मला पन्त जस्तै हुन्थ्यो होला ।’

त्यसपछि घटनामा सग्लन सबै पक्राउ परे र प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको थियो । 

छैँटो सफलता : गोली प्रहार गरी लुटपाट काण्ड

जेठ १३ गते सिद्धार्थ बैङ्कबाट चौराहामा रहेको केन्ट ट्रेडर्स एन्ड सप्लायर्स (आईएमई) मा पैसा ल्याउने क्रममा कर्मचारी निर्मल काकीमाथि धनगढीमा दिनदहाडै गोली प्रहार गरी साढे ९ लाख रकम लुटियो । 

मुख्य योजनाकार राजकुमार चौधरी घटना हुनुभन्दा करिब एक हप्ता अगाडि नै आईएमई आएका थिए । त्यसदिनदेखि नै उनले आईएमईका कर्मचारी कार्कीमाथि निगरानी बढाएका थिए ।

घटना हुनु तीन दिन अघि मात्र सबै अभियुक्तले धनगढी बजारमा आएर योजना बनाएका थिए । 

घटना भएको दिनकै बिहान गोली प्रहार गर्ने व्यक्तिलाई कल्लु रानाले गोली हान्ने तरिका सिकाएका थिए । गोली प्रहारपछि उनीहरू गेटाको जङगलमा गएर लुकेर बसेको र राती कञ्चनपुरको बेलौरी गएर पार्टी गरेका थिए । मुख्य चोकैमा घटना भएको भए पनि सिसि क्यामेराले काम नगरेका कारण प्रमाण केही फेला परेन । 

प्रदेशको अस्थायी राजधानीमै दिनदहाडै गोली प्रहार गरी पैसा लुटिएपछि प्रहरीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान ग¥यो । त्यसपछि नौ दिनपछि प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी मुख्य योजनाकारसहित घटनामा संलग्न ५ जना, ५ लाख ४८ हजार ६ सय रुपैयाँ, घटनामा नक्कली नम्बर प्रयोग गरिएको बा ४० प ४४३८ नम्बरको मोटरसाइकल र पेस्तोल सार्वजनिक गरेको थियो । 

सातौँ सफलता : आफूसँगै कैलाली प्रहरीलाई चिनाए 

जिल्लामा आफ्नो कार्यकालमा भएका आपराधिक घटनामा सफलता प्राप्त गर्दै एसपी घिमिरेले आफूलाई मात्रै चिनाएनन्, उनले कैलाली प्रहरीलाई नै चिनाए र साख बढाए । 

जसकै फलस्वरूप यस वर्षको अन्तर जिल्ला प्रहरी कार्यालय कार्यदक्षता मूल्याङ्कनतर्फ प्रहरी उपरीक्षक विनोद घिमिरे तृतीय हुन सफल भए । 

र, यी पनि 

एसपी घिमिरेले माथि उल्लेख गरिएका घटनासँगै कैलालीबाट अपहरणमा परेका बालकको ८ घण्टामा दाङको भालुवाङबाट उद्धार गरेका थिए । 

मोटरसाइकल चोरी गृहका लागि छुटटै टोली गठन गरेर अभियान चलाए र गिरोहलाई पक्राउ गर्न सफल भए । 

प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी हरेक स्थानीय तहमा जनप्रतिनिधिको सहभागितामा जनचेतना मूलक कार्यक्रम सञ्चालन गरे । उनी हरेक शनिवार जिल्लाका स्थानीय तहमा जनचेतना मूलक कार्यक्रममा सहभागी हुन्थे । 

यो सँगै लुटपाट, चोरी, बन्दुक सहित पक्राउ, गुण्डागर्दी लगायतका क्षेत्रमा पनि कैलाली प्रहरीलाई बलियो गरी प्रस्तुत गरे । 

मेरो कार्यकालमा एक जना पनि फरार छैन : घिमिरे 

जिल्लामा आफ्नो कार्यकालमा भएका आपराधिक घटनामा संलग्न एक जना पनि फरार नरहेको उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा दाबी गरे । 

‘सबैको साथ सहयोगले कैलाली बसाई अविस्मरणीय रह्यो ।’ घिमिरेले भने, ‘आफ्नो कार्यकालमा भएका सबै आपराधिक घटनाका संलग्नलाई कानुनी दायरामा ल्याएको छु । पीडितलाई न्याय दिएको छु ।’

घिमिरे भन्छन, ‘म हरेक कुरामा शङ्का गर्छु । घटना भए लगत्तै घटनास्थलमा जान्छु र आन्दोलनरत पीडित पक्षलाई आन्दोलन नगरी अनुसन्धानमा सहयोग गर्नुस् भन्छु । त्यसैले पनि होला हरेक घटनामा सबैको साथ र सहयोगले सफल भइयो ।’