भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, तीन सय ३९ जनाको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, तीन सय ३९ जनाको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले भारतमा संक्रमितको संख्या १० हजार तीन सय ६३ पुगेको जानकारी दिए । 

उनका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमित तीन सय ३९ जनाको मृत्यु भइसकेको छ । “गएको २४ घण्टामा देशभर १२ सय ११ नयाँ संक्रमित देखिएका छन् । यस दौरान ३१ जनाको मृत्यु भएको छ,” संयुक्त सचिव अग्रवालले पत्रकार सम्मेलनमा भने, “तर, खुसीको कुरा के भने यो बीचमा एक सय ७९ जना संक्रमित निको भएका छन् ।

भारतमा अहिलेसम्म एक हजार ३६ संक्रमित उपचारपछि घर फर्किएका छन् ।”इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चकाअनुसार भारतमा अहिलेसम्म दुई लाख ३१ हजार ९०२ नमुना परीक्षण गरिएको छ ।