बीसीजी खोप कोरोनाका लागि असरदार हुने कुनै प्रमाण छैन : डब्ल्यूएचओ

बीसीजी खोप कोरोनाका लागि असरदार हुने कुनै प्रमाण छैन : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले क्षयरोगविरुद्ध लगाइने बीबसीजी खोपले कोरोना भाइरसको संक्रमणबाट जोगाउने कुनै प्रमाण नभएको प्रष्ट पारेको छ । बीसीजी खोप कोरोना भाइरसको संक्रमणबाट जोगाउन लाभदायक हुने समाचार बाहिरिएपछि डब्लूएचओले खण्डन गरेको हो ।

समाचार एजेन्सी सिन्हुआलेडेली सिचुएसनको रिपोर्ट उद्धृत गर्दै  डब्ल्यूएचओले प्रमाणको अभावका बीच कोरोना भाइरसको संक्रमण रोकथामका लागि बीसीजी खोपको सिफारिस नगर्ने उल्लेख गरेको छ । 

डब्ल्यूएचओले भनेको छ, “पशु र मानव दुवैमा गरिएको शोधको एक्सपेरिमेन्टल एभिडेन्स छ कि बीसीजी भ्याक्सिनको इम्युन सिस्टममा गैर–विशिष्ट प्रभाव पर्दछ । यी प्रभावहरुको राम्रा विशेषता छैनन् । र क्लिनिकल रिलिभेन्सको जानकारी पनि छैन ।” 

डब्लूएचओले प्रश्नहरूको सम्बोधन गर्ने दुई क्लिनिकल ट्रायल चलिरहेको र त्यसबाट आउने परिणामपछि मात्रै डब्ल्यूएचओले सत्यताको मूल्यांकन गर्ने जनाएको छ । 

डब्ल्यूएचओ बीसीजी खोप बालबालिकामा क्षयरोगको गम्भीर परिणाम रोक्न सहयोगी हुने भन्दै खोपको स्थानीय आपूर्ति नभए क्षयरोगका बिरामी बढ्ने र रोगका कारण मृत्यु बढ्ने पनि चेतावनी दिएको छ ।