इटालीमा कोरोनाभाइरसले एकै दिन ६०२ जनाको मृत्यु

इटालीमा कोरोनाभाइरसले एकै दिन ६०२ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । बुधबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ ।

इटालीमा एकैदिन ६०२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको हो । इटालीमा एकैदिन २ हजार ९७२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ४८८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३७ हजार १३० जना उपचारपछि निको भएका छन् । ३ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ४ हजार २९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार ५३७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख ९५ हजार ९४७ रहेको छ ।