कोरोनाभाइरसले स्पेनमा १ लाख ७४ हजार बढी संक्रमित, १८ हजार २५५ जनाको मृत्यु

कोरोनाभाइरसले स्पेनमा १ लाख ७४ हजार बढी संक्रमित, १८ हजार २५५ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।स्पेनमा पछिल्लो २४ घण्टामा ४९९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार २५५ पुगेको छ ।

स्पेनमा एकैदिन ३ हजार ९६१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७४ हजार ६० पुगेको छ । स्पेनमा संक्रमितमध्ये ६७ हजार ५०४ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८८ हजार ३०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार ५३७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख ९५ हजार ९४७ रहेको छ ।