अमेरिकी राष्ट्रपति चुनावमा बाइडेनलाई समर्थन गर्ने ओबामाको घोषणा

अमेरिकी राष्ट्रपति चुनावमा बाइडेनलाई समर्थन गर्ने ओबामाको घोषणा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनलाई समर्थन गर्ने घोषणा गरेका छन् । लामो समयदेखि कसलाई समर्थन गर्ने भन्नेमा चुप रहेका ओबामाले औपचारिक रुपमा बाइडेनलाई समर्थन गरेका हुन् ।

ओबामाले देशभरका डेमोक्र्याटहरुलाई एकताबद्ध भएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरी ह्वाइट हाउसमा विजय प्राप्त गर्न आह्वान गरेका छन्। ओबामाले सोमबार रेकर्ड गरेको भिडियो मंगलबार पोस्ट गरेका हुन् । भिडियोमा बाइडेनको व्यक्तित्व र कामको प्रशंसा गरिएको छ ।

ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेका बाइडेन डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेद्वारका एक्ला आकांक्षी हुन् । यसअघि सोमबार बाइडेनका पूर्वप्रतिस्पर्धी बर्नी सान्डर्सले सोमबार आफ्नो समर्थन प्रदान गरेका थिए ।