डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

डोटी- डोटीको दिपायल सिलगढी नगरपालिका २ खुल्लेकको पुरानी बगर नजिकै पल्टिएर ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 
दुर्घटनामा परि डोटी २ खुल्लेकका ३३ वर्षीय कैलाश बोगटीको घटनास्थलमै मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय डोटीका प्रमुख  दिलीप सिंह देउवाले बताउनु भयो । दिपायल बाट खाद्यान्न लगेर  खुल्लेक वडा नं २ बाट फर्कने क्रममा दिपायल  आउँदै गरेको से २ त ३५४५ को ट्याक्टर बुधबार राति ९ बजे दुर्घटनामा परेको हो  ।