बिहीबार बिहानै 'लकडाउन' उल्लङ्घन गर्ने ६ सयभन्दा धेरैलाई ‘होल्ड’

बिहीबार बिहानै 'लकडाउन' उल्लङ्घन गर्ने ६ सयभन्दा धेरैलाई ‘होल्ड’

काठमाण्डौ उपत्यकाबाट बिहीबार बिहानै लकडाउन उल्लङ्घन गर्ने ६ सयभन्दा धेरैलाई प्रहरीले होल्ड गरेको छ । बिहान ७ बजेसम्ममा काठमाण्डौबाट पाँच सय ३६ जना, ललितपुरबाट ८८ जना र भक्तपुरबाट १४ जनालाई होल्ड गरिएको प्रहरीले जनाएको छ । 

लकडाउनका बेला अत्यावश्यक बाहेकका कामका लागि निस्कन नपाइने भएकाले उनीहरुलाई होल्ड गरिएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा अत्यावश्यक कामका लागि निस्किएको पाइए छाड्ने पनि गरिएको छ । 

यस्तै उपत्यकाबाट ४४ वटा गाडी पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले भक्तपुरबाट १८, काठमाण्डौबाट १६ र ललितपुरबाट १० वटा गाडी नियन्त्रण लिएको छ । नियन्त्रणमा लिइएको गाडी बेलुकीमात्रै छाडिनेछ ।

कोरोना भाइरस ९कोभिड १९० नियन्त्रण तथा रोकथामका लागि सरकारले आउँदो वैशाख १५ सम्म देशव्यापी लकडाउनको घोषणा गरेको छ । लकडाउनका बेला घरमै बस्न र अनावश्यक बाहिर ननिस्कन सरकारले आग्रह गर्दै आइरहेको छ ।