चितवनमा एउटा गैंडा मृत फेला

चितवनमा एउटा गैंडा मृत  फेला

चितवनमा बुधबार एउटा गैंडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैंडा मृत भेटिएको हो ।

उक्त भाले गैंडाको खाग र खुर भने सुरक्षित रहेको छ । दिउँसो १ बजेको समयमा उक्त गैंडा मृतावस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिनुभयो।

‘बुढो अवस्थाको गैंडा घोलमा डुबेको रहेछ, उद्धार गर्न पुग्दा मृत्यु भइसकेको रहेछ,’ उनले भने ।गैंडा मृत भेटिएको क्षेत्र यसको पकेट क्षेत्र मानिन्छ ।चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा २४ गैंडाको मृत्यु भइसकेको छ ।