लम्की-चुहा नगरपालिका राहत कोषमा बैंकर्स क्लबद्वारा ९४ हजार सहयोग

लम्की-चुहा नगरपालिका राहत कोषमा बैंकर्स क्लबद्वारा ९४ हजार सहयोग

कैलाली : विश्वभर महामारिको रूपमा फैलिएको कोभिड-१९ (कोरोनाभाइरस) नियन्त्रण गर्न बैंकर्स क्लब लम्कीले आर्थिक सहयोग गरेको छ ।

कोरिनाका कारण देशमा लकडाउनको अवस्थामा रहेको बेला लम्किचुहा नगरपालिकाको आर्थिक अवस्थालाई सहज गर्न क्लबले लम्कीचुहा नगरपालिकालाई ९४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

लम्किचुहा नगरपालिकामा बसोबास गर्दै आएका अति विपन्न एवं दैनिक रूपमा ज्यालादारी गरि खाने नागरिकलाई खाद्यान्‍न प्रदान गर्न मद्दत मिलोस भन्दै बैंकर्स क्लब लम्कीले सहयोग गरेको हो ।

लम्की क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्था मिलेर बनेको बैंकर्स क्लबले बुधबार लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईलाई नगरपालिकाको कार्यालयमा पुगेर बैंकर्स क्लब लम्कीका अध्यक्ष एवं सिद्धार्थ बैंकका शाखा प्रबन्धक प्रकृतिशान्त ठकुराठी र क्लबका सचिव एवं सनराइज बैंक लम्कीका शाखा प्रबन्धक मातृका खड्काले रकम हस्तान्तरण गरेका हुन् ।