सुदूरपश्चिमकाे कोरोना कोषमा महालक्ष्मी विकास बैंककाे ४ लाख सहयोग

सुदूरपश्चिमकाे कोरोना कोषमा महालक्ष्मी विकास बैंककाे ४ लाख सहयोग

धनगढी : महालक्ष्मी विकास बैंकले सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र उपचारमा सहज होस् भन्ने उद्देश्यले सरकारले स्थापना गरेको उक्त कोषमा सो रकम सहयोग गरेको बैंकका शाखा प्रबन्धक प्रकाश खड्काले जानकारी दिए।

बैंकको केन्द्रीय कार्यालयले ५० लाख रकमबाट सातवटै प्रदेशमा चाररचार लाख र संघीय सरकारको कोषमा १२ लाख दिने निर्णय गरेको थियो। सोही अनुसार धनगढीस्थित शाखाबाट बिहीबार सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो।

बैंकका शाखा प्रमुख झंकर कडायतले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई चेक हस्तान्तरण गरेका थिए। शाखा प्रमुख कडायतले मानवीय सेवा नै सबैभन्दा ठूलो भएकाले रकम सहयोग गरिएको बताए। सो अवसरमा बोल्दै मुख्यमन्त्री भट्टले कोषमा जम्मा भएको रकम उपचार र अन्य आवश्यकताका आधारमा खर्च गरिने बताए।