सारदा राइस मिल द्वारा ५ सय केजि चामल हस्तान्तरण

सारदा राइस मिल द्वारा ५ सय केजि चामल हस्तान्तरण

धनगढी । सामाजिक उत्तरदायित्व बहन गर्दै सारदा राइस मिलले  धनगढी उपमहानगरपालिका लाई ५ सय  किलोग्राम चामल उपलब्ध गराएको छ । 

कोरोनाको विश्वव्यापी महामारीको बेला दैनिक ज्यालादारी तथा बिपन्न बर्गका लागि राहत स्वरुप धनगढी उपमहानगरपालिका प्रमुख निर्प ओडलाइ एकमुष्ट चामल हस्तान्तरण गरिएको मिलका संचालक तथा प्रमुख कार्यकारी राहुल गुप्ताले जानकारी दिनुभयो । 

आवश्यक परिस्थिति अनुसार अझ पनि सहयोग गर्न तयार रहेको जानकारी पनि उहाँले दिनुभएको छ।