कञ्चनपुरमा ई–पासका लागि एकै दिनमा २०० निवेदन

कञ्चनपुरमा ई–पासका लागि एकै दिनमा २०० निवेदन

कञ्चनपुर : लकडाउनको समयमा अत्यावश्यक सेवा सञ्चालन हुने सवारी साधानका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुले ई–पास वितरण गर्न लागेको छ।

घरमै फर्म भरेर पासका लागि अनलाइन निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। कञ्चनपुरमा बुधवार ई–पास सेवाका लागि २०९ जनाले आवेदन दिएका थिए। जसमध्ये बिरामी र सुत्केरीलााई दिएको पास संख्या आठ रहेको छ।

अस्वीकृत गरिएका पास संख्या ४९ रहेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले जानकारी दिए। उनका अनुसार अनलाइनमार्फत आएका १५२ निवेदनमाथि छानविन थालिएको छ।