हेटौंडामा शुरु कै दिन र्‍यापिड टेस्टमा चार जनामा कोरोना पोजेटिभ

हेटौंडामा शुरु कै दिन र्‍यापिड टेस्टमा चार जनामा कोरोना पोजेटिभ

हेटौंडामा शुरु भएकै दिनको र्‍यापिड टेस्टमा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा शुरु भएको टेस्टमा चार जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । एक महिला तथा तीन पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

हेटौंडा–४ को वासुदेव सभागृहमा टेस्ट गर्दा पोजेटिभ देखिएको हो । उनीहरुमध्ये भारत बिहार घर भएर हेटौंडा–४ आफन्तकोमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय वृद्ध, भारत बेंगलौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक छन् । उनीहरुलाई पीसीआर जाँचका लागि हेटौंडा अस्पताल लगिएको छ । हेटौंडा–१५ मा गरिएको टेस्टमा भने सबैको नेगेटिभ पाइएको छ ।
र्याकपिड टेस्टको रिपोर्ट पोजेटिभ आए पनि उनीहरुमा कोरोना संक्रमण छ÷छैन भन्ने ल्याब टेस्टको अन्तिम रिपोर्ट प्राप्त भएपछि मात्र भन्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् । आरडीटी प्रविधिबाट ४० जनाको परीक्षण भएको थियो । उनीहरुमध्ये चार जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको टेस्टमा मेलान मकवानपुरको प्राविधिक सहयोग छ ।
हेटौंडा उपमहानगरपालिकाले आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरेकोे छ । उपमहानगरपालिकाका सबै वडामा विदेशबाट फर्किएकालाई घरमा पुगेर र्‍यापिड टेस्ट शुरु गरिएको हो । कोरोना भाइरस ९कोभिड–१९० लागेको छ(छैन भनेर परीक्षणका लागि टेस्ट गरिएको उपमहानगर मेयर हरिबहादुर महतले जानकारी दिनुभयो ।

पाँच स्वास्थ्यकर्मी टोलटोलमा खटाइएको छ । स्वास्थ्यकर्मी टोलीले हेटौंडाको वडा नम्बर–४, ५ र १५ मा टेस्ट गरेको मेयर महतले बताउनुभयो । अन्य बडामा पनि र्या पिड टेस्टको काम निरन्तर गरिने उहाँले बताउनुभयो । नगरका वडाहरुमा पीपीई सेट लगाएर स्वास्थ्यकर्मीलाई टेस्ट गर्न खटाइएको हो ।
थाहा नगरपालिकामा पनि आरडीटी शुरु भएको छ । थाहा नगरपालिकाले पहिलो चरणमा विदेशबाट आएकाहरुको परीक्षण थालिएको नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो ।