धनगढीमा कोरोना संक्रमितको उपचारका लागि ५० शैयाको छुट्टै वार्ड निर्माण शुरु

धनगढीमा कोरोना संक्रमितको उपचारका लागि ५० शैयाको छुट्टै वार्ड निर्माण शुरु

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको उपचारका लागि ५० शैयाको छुट्टै वार्ड निर्माण कार्य शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०–५० शैयाको छुट्टै कोरोना वार्ड निर्माणका लागि एक–एक करोडको अख्तियारी दिएपछि कैलालीको धनगढीमा वार्ड निर्माण शुरु भएको हो ।

सेती प्रादेशिक अस्पतालको संरचना सानो भएपछि कोरोना भाईसरको उपचारका विरामीलाई २५ दिन भित्र प्रि–फ्याव भवनमा सार्ने गरी काम भईरहेको सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले जानकारी दिनुभयो । 

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरसका संक्रमित विरामीलाई अबको २५ दिनभित्र प्रि–फ्याव प्रविधिमा निर्माण हुदै गरेको भवनमा राखिने मन्त्री सुबेदीले बताउनुभयो । उहाँले सुदूरपश्चिमका जनताको लागी प्रदेश सरकार निरन्तर लागिरहेको बताउदै समग्र सुदुरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले काम गरेको दावी गर्नुभयो । प्रदेश सरकार सुतेको भन्ने प्रतिक्रियाहरु पुर्वाग्राही ढंगले आईरहको उहाँले आरोप लगाउनु भएको छ । 

प्रदेशमा रहेका सबै जिल्लाका अस्पताललाई सुदृढीकरण गर्न र आवश्यकता परिपुर्ती गर्न प्रदेश सरकारले महत्वपुर्ण भुमिका खेलिरहेको बताउनुभयो । साथै बैतडी र डोटीमा पिसीआर मेशिन जडान गर्न टेन्डर आह्वान गरि सकेको समेत जानकारी दिनुभयो । 

सेती प्रादेशिक अस्पताल मातहतमा रहने गरि ५० शैयाको प्रि–फ्याव भवन निर्माण भईरहेको भवनको काम एक महिना भित्र सक्ने गरी तिब्र गतिमा काम भईरहेको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभयो । 

कैलाली र कञ्चनपुरमा ५०÷५० शैयाको भवन प्रदेश सरकारको तर्फबाट निर्माण भईरहेका बताउदै उहाँले महाकाली अस्पतालमा समेत भवन निर्माणको काम अगाडी बढेको समेत जानकारी दिनुभयो ।

उक्त प्रि–फ्याव भवन ९४ लाखमा एक महिना भित्र काम सक्ने गरी किनारा कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको छ । वैशाख २ गते देखी काम सुरु भएको भवन निर्माण ठेकेदार रोहित रानाले जानकारी दिनुभयो । 

एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले निमार्णलाई अझै तीव्रता दिइएको ठेकेदार रोहित रानाले जानकारी दिनुभयो । अबको २५ दिनभित्र अस्पताल हस्तान्तरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

कञ्चनपुरको महाकाली अस्पतालमा भने निर्माण सम्झौता हुन बाँकी छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको स्टीमेट अनुसार भवन निर्माण हुने छन । आज सम्म सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

साथै आईतबार मुख्यमन्त्री र सामाजिक विकास मन्त्री लगायतको टोलीले प्रि–फ्याव भवन निर्माणको अवस्था र गुणस्तरको अनुगम तथा निरीक्षण गरेको छ ।