भीम रावलको प्रश्न – यो विषम परिस्थितिमा संविधानको मर्म विपरीतको अध्यादेश किन ल्याइयो ?

भीम रावलको प्रश्न – यो विषम परिस्थितिमा संविधानको मर्म विपरीतको अध्यादेश किन ल्याइयो ?

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य डा. भीम रावलले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी ल्याइएको दुवै अध्यादेशलाई अनिष्टकारी भनेका छन् ।

उनले अध्यादेशले देशलाई राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत धारणा सार्वजनिक गरेका हुन् ।

उनले कोरोना संक्रमणबाट जनताको सुरक्षा गरी सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा छलफल नै नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक र नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याउनु देशका लागि अनिष्टकरी हो भनेका छन् ।

Bhim Rawal, Ph. D@BhimRawal179

देश विषम स्थितिमा रहेको समयमा संविधानको मर्म विपरीत अध्यादेश किन ल्याइयो?

View image on Twitter