कैलालीका ६ जना मस्लिम समुदायका व्यक्तिहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

कैलालीका ६ जना मस्लिम समुदायका व्यक्तिहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

धनगढी : सप्तरीकाे धार्मिक सभामा सहभागी भएका कैलालीका ६ जनासहित ३२ जनाकाे काेभिड-१९ परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ।

कैलालीका विभिन्न स्थानबाट सप्तरीकाे धार्मिक सभामा सहभागी भएका सातजनाकाे उद्धार गरिएकाे थियाे। उनीहरूमध्ये ६ जनाकाे रिपाेर्ट नेगेटिभ देखिएकाे छ। एकजनाकाे भने रिपाेर्ट आउन बाँकी छ ।

धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटीपीसीआर मेसिनमा परीक्षण गरिएका ३३ मध्ये ३२ जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला स्रोतले बतायो।

आज परीक्षण गरिएका ३२ नमूनामध्ये कैलाली, कञ्चनपुर, बैतडी, अछाम, कञ्चनपुर र दार्चुलाबाट संकलित २६ र  सातवटा धनगढी तथा अत्तरियाबाट उद्धार गरिएका व्यक्तिकाे नमूना रहेकाे प्रयाेगशालाले जनाएकाे छ।