धुर्मुस सुन्तली अब राहत तथा उद्धारमा खटिने

धुर्मुस सुन्तली अब राहत तथा उद्धारमा खटिने

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा छ। आम मानिस घरमै बसिरहेका छन्। कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पनि घरमै छन्। उनीहरूले लकडाउनको पालना गर्दै विभिन्‍न सन्देशमुलक भिडियो बनाउँदै आएका छन्। 

अब भने उनीहरू पनि राहत, उद्धार तथा समन्वयकारी भूमिका निर्वाह गर्न अगाडि सरेका छन्।  धुर्मुस सुन्तली फाउण्डेशनमार्फत उनीहरू लकडाउनका बावजुद राहत तथा उद्धारमा खटिने भएका हुन्। 

लकडाउन लम्बिँदै गर्दा धेरै जनामा अभाव र संकट सिर्जना भएको भन्दै आफूहरू अब मानवीय धर्म निर्वाह गर्न अघि सरिरहेको धुर्मुसको भनाइ छ। लकडाउनका कारण कोही समस्यामा परेको खण्डमा फाउण्डेशनलाई सम्पर्क गर्न आग्रह गरेका छन्।