बाजुराका ६० वर्षीय वृद्धमा तेस्रो पटक र्‍यापिड टेष्ट नेगेटिभ

बाजुराका ६० वर्षीय वृद्धमा तेस्रो पटक र्‍यापिड टेष्ट नेगेटिभ

बाजुरा : त्रिवेणी नगरपालिकामा १ जनामा र्‍यापिड (आरडीटी) मा पोजिटीभ देखिएको व्यक्तिको तेस्रो पटक परीक्षण गर्दा नेगेटिभ रिपोट आएको छ । सदरमुकाम मार्तडीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ  आएको हो।

र्‍यापिड टेष्टमा दुईजनामा पोजेटिभ रिपोर्ट देखिएपछि बाजुराबासी त्रसित बनेका थिए । पीसीआर परीक्षणका लागि ती व्यक्तिको स्वाब संकलन गरेर धनगढी पठाएको छ। मंगलबार साँझसम्म रिपोर्ट आउने जनाएको छ।

६० वर्षीय वृद्धमा तेस्रो पटक र्‍यापिड टेष्टमा रिपोर्ट नेगेटिभ आएपछि चेकजाँचमाथि नै प्रश्न उठेको छ । यसले र्‍यापिड टेष्ट वा स्वास्थ्यकर्मीमाथि गम्भीर प्रश्न खडा उत्पन्न गराएको छ । स्वाब संकलन गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले सोमबार आफूहरुलाई अलग्गै बस्ने व्यवस्था नभएको भन्दै सोमबार दिउँसोसम्म स्वाब संकलन गरेका थिएनन्। जिल्लामा सर्वदलीय बैठकबाट आइसोलेनमा खटिएका चिकित्सक तथा स्वाथ्यकर्मीलाइ जिल्ला समन्वय समितिको कार्यालयमा बस्ने व्यवस्थापन गर्ने भएपछि स्वाब संकलनमा तयार भएका थिए।

स्वाब संकलनसँगै र्‍यापिड टेष्ट पुन: चेक गर्दा नेगेटिभ देखिएपछि स्वास्थ्यकर्मी जिल्ला समन्वय समितिको कार्यालयमा व्यवस्थापन गरेको ठाउँमा नबसेर आफ्नै कोठा फिर्ता भएका थिए । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्‍वकर्मा र स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले पिसिआर रिपोट नआउँदासम्म बोल्न नमिल्ने बताएका छन् । दुबैजनाको स्वाब संकलन गरेर धनगढी पठाइएको छ। मंगलबार रिपोर्ट आएपछि मात्र थाहा हुने उनीहरुले बताएका छन् ।

आइतबार त्रिवेणी नगरपालिकामा चेक गर्दा पहिला दुईजनामा पोजिटिभ देखिएको थियो । पुन: चेक गर्दा २२ वर्षीय युवामा नेगेटिभ देखिएको थियो भने अर्की वृद्धामा भने पोजिटिभ देखा परेको थियो । 

पोजिटिभ देखिएका ६० वर्षीय वृद्धालाई जिल्ला अस्पताल बाजुरामा आइतबार राती ल्याएर आइसोलेनमा राखिएको छ । २२ वर्षीय युवा पनि आइतबार राती नै त्रिबेणी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य सयोजक शाहले बताए। दुवैजना भारतको करौलबागबाट चैत २ गते नेपाल आएको बुझिएको छ ।