बाजुरामा जलेर घाइते महिलाको उद्धार

बाजुरामा जलेर घाइते महिलाको उद्धार

बाजुरा : बाजुरामा पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–६ कोटिलामा जलेर घाइते भएकी ३५ वर्षीया गौचन मियाको उद्धार गरिएको छ । मियाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि सोमबार काठमाडौँ लगिएको हो ।

आगोले जलेर गम्भीर घाइते भएकी उनी अस्पतालको शैयामै अलपत्र परेको समाचार सञ्चारमाध्यममा आएपछि थप उपचारका लागि उद्धार गरेर काठमाडौँ पठाइएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाशबहादुर सिंहले जानकारी दिए ।

नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानको सहयोगमा उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो ।