नेपालमा फेरी एकजना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३२ पुग्यो

नेपालमा फेरी एकजना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३२ पुग्यो

देशमा कोरोना भाइरसका संक्रमितको संख्या थपिएको छ । आज एकजना पुरुष संक्रमित थपिएका हुन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरमा एकजनाको टेष्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

संक्रमित व्यक्ति ३३ वर्षीय पुरुष हुन् । उनी उदयपुरका हुन् । संक्रमित थपिएर ३२ जना पुगेका छन् । जसमध्ये २८ जना उपचाररत छन् भने ४ जना डिस्चार्ज भइसकेका छन् ।