एभरेष्ट बैंकद्धारा सुदूरपश्चिमको कोभिड-१९ उपचार कोषमा ६ लाख सहयोग

एभरेष्ट बैंकद्धारा सुदूरपश्चिमको कोभिड-१९ उपचार कोषमा ६ लाख सहयोग

धनगढी : कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोषमा एभरेष्ट बैंक लिमिटेडले ६ लाख रूपैयाँ सहयोग गरेको छ ।

एभरेष्ट बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख सतिशप्रताप सिंहले आज दिउँसो मुख्यमन्त्री त्रिलोचन भट्टलाई साे रकम बराबरकाे चेक हस्तान्तरण गरे।

एभरेष्ट बैंक केन्द्रीय कार्यालयले देशका सातवटा प्रदेश सरकारलाई ६ लाखका दरले ४२ लाख रूपैयाँ र संघीय सरकारलाई ६० लाखसमेत गरी एक करोड दुई लाख रूपैयाँ काेभिड-१९ उपचार काेषमा सहयाेग गरेकाे छ।