मृत्यु भएको मजदुरको शव गाड्ने धनुषाका एक जना इँटा उद्योग सञ्चालक पक्राउ

मृत्यु भएको मजदुरको शव गाड्ने धनुषाका एक जना इँटा उद्योग सञ्चालक पक्राउ

काम गर्दागर्दै मृत्यु भएको मजदुरको शव गाड्ने धनुषाका एक जना इँटा उद्योग सञ्चालक पक्राउ परेका छन् ।

जिल्लाको विदेह नगरपालिका(३ जोगियास्थित भगवती इँटा उद्योगमा काम गर्दै आएका भारतीय मजदुर सुक्ता नफादको गत वैशाख ६ गते उद्योगमै मृत्यु भएको थियो ।

४० वर्षीय उनको चुँडिएको बिजुलीको तार जोड्ने क्रममा ज्यान गएपछि उद्योग सञ्चालकले उनको पोस्टमार्टम समेत नगराई जमिनमा गाडेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले बताउनुभयो  ।

‘हामीले यो जानकारी पाएपछि मृतकलाई गाडिएको ठाउँको उत्खनन गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएका छौँ’ उनले भने ।

मजदुरको शवलाई गाड्ने उद्योग मालिक अनिफ नदाफ र अजिम मन्सुरीलाई नियन्त्रणमा लिई घट्नाबारे थप अनुसन्धान सुरु गरिएको उनले बताए ।