दार्चुलामा सेनाका जवानले रगत दिएर बचाए महिलाको ज्यान

दार्चुलामा सेनाका जवानले रगत दिएर बचाए महिलाको ज्यान

दार्चुला : नेपाली सेनाका एक जवानले मंगलवार साँझ गरेको रक्तदानले दार्चुलाकी एक महिलाको ज्यान जोगिएको छ ।

करिव एक हप्तादेखी रगत बग्न थालेकी दार्चुलाको व्याँस गाउँपालिका—५ किमसैन बस्ने विर सिंह धामीकी ३२ वर्षीया श्रीमती कविता बुढाथोकी धामीको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल दार्चुलाका ल्याब प्रमुख दिपक विष्टले जानकारी दिए। 

उनको उच्च रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो । कविता रगत अभावमा जिल्ला अस्पतालमा छटपटिरहेको अवस्थामा मंगलवार दार्चुला स्थित दुर्गादल गुल्मका जवान प्युठ बहादुर घर्तिमगरले रक्तदान गरेको गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिए ।

सेनाका जवान घर्तिमगरले उच्च रक्तश्राव भएकी धामीलाई १ पौण्ड रगत दिएको प्रमुख विष्टले बताए । एक हप्ताभन्दा बढी दिनदेखी रगत बगेको हुदा धामी मंगलवार मात्र जिल्ला अस्पताल दार्चुलामा भर्ना भएकी  थिइन् ।