डोटीमा एक सय एक वर्षकी वृद्धाले पाइन् नागरिकता

डोटीमा एक सय एक वर्षकी वृद्धाले पाइन् नागरिकता

डोटी : डोटीमा एक सय १ वर्षकी वृद्धा महिलाले नेपाली नागरिकता प्राप्त गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाको पूर्वीचौकी गाँउपालिका –७, पोखरी घर भएकी जगुदेवी खड्काले जिल्ला प्रशासन कार्यालय डोटीबाट नेपाली नागरिकता प्राप्त गर्नुभएको हो ।

वि.सं. १९७४ साल असोज ५ गते जन्मनु भएकी खड्काका ४ छोरा २ छोरीमध्ये १ छोरी र ३ छोराको मृत्यु भइसकेको र माइला छोरा र १ छोरी मात्र जीवित रहेको उहाँका नाति तेजेन्द्रकुमार खड्काले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत सन्तोष शर्माको हस्ताक्षरमा जारी नेपाली नागरिकता प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले हस्तान्तरण गर्नु भएको हो । जगुदेवी खड्काले जिल्ला प्रशासन कार्यालयमै आएर नागरिकता लिनु भएको हो ।साभार : उज्यालो अनलाईन