महाकालीमा हाम फालेकी ऐतवालको उद्दार, अवस्था गम्भिर

महाकालीमा हाम फालेकी ऐतवालको उद्दार, अवस्था गम्भिर

दार्चुला : बैशाख १४ गते आइतवार विहानै महाकाली नदीमा हाम फालेकी व्याँस गाउँपालिका १ की ३० वर्षीय सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ ।

नदिमा बग्दै आएकी उहालाई महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रबाट उद्धार गरि जिल्ला अस्पताल पु¥याइएको सशस्त्र प्रहरी वल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिए ।

उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको तथा अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ । उहालाई छिट्टै अन्यत्रै रेफर गर्नुपर्ने देखिएको जिल्ला अस्पताल दार्चुलाका डा गजेन्द्र दुवालले बताउनु भयो ।

उनले आइतवार विहान ६ः३० बजेतिर महाकाली नगरपालिकाको वडा नम्बर ४ दुमपानीबाट हाम फालेको सशस्त्र प्रहरीले जनाएको छ । उनले किन नदिमा हाम फाले भन्ने बुझिएको छैन् । ऐतवाल हाल महाकाली नगरपालिका वडा नम्बर ४ तिंकरखेडामा बस्दै आएकी छन् ।

महाकालीमा हाम फालेकी ऐतवालको सामाजिक संजालमा केही व्यक्तिले मृत्यु भएको अपवाह फैलाएपनि खबर झुटो भएको प्रहरीले जनाएको छ ।