दार्चुलामा लागुऔषध सहित २ जना पक्राउ

दार्चुलामा लागुऔषध सहित २ जना पक्राउ

दार्चुला, बैशाख १४ ,
दार्चुलामा प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । महाकाली नगरपालिका–५ गल्फै क्षेत्रमा लागु औषध ओसार गरिहेको अवस्थामा शनिवार साँझ उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका–५ का अन्नु भनेर चिनिने ३१ वर्षीय अजय सिंह ठगुन्ना र ४८ वर्षीय नरेन्द्र सिंह ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । उनीहरूको साथबाट स्पास २८ प्याकेट, नाइट्राभेट १५ ट्याब्लेट, प्याभन स्पास प्लस ४० ट्याब्लेट, कोरेक्स ३ सिसी, एक्सट्रापावर २ प्याकेट, इको स्पेनिस ३० ट्याब्लेट बरामद गरको उहाले बताए ।
साथै उनीहरूले प्रयोग गरेको से २ प ३७७३ नम्बरको मोटरसाइकल समेत नियन्त्रण लिएको प्रहरीले जनाएको छ । प्रहरीले नियमित गस्तीका क्रममा चेकजाँच गर्दा पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाइने प्रहरी निरीक्षक जोशीले बताए ।