डोटीमा रासायनिक मलको अभाव

डोटीमा रासायनिक मलको अभाव

डोटी : लामो समयदेखि डोटीमा डीएपी, यूरीया र पोटासलगायतको मलको अभाव भएको छ । मलको अभाव भएको लामो समय बितिसक्दा पनि रासायनिक मल आपूर्ति हुन सकेको छैन ।

रासायनिक मलका लागि ग्रामिण क्षेत्रका स्थानीय जिल्ला सदरमुकामसम्म धाउनु परेको  दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोटका योगेन्द्रबहादुर कठायतले बताउनुभयो ।

अहिले किसानले हिउँदेबाली गहुँ, जौलगायतका अन्य बालीहरु लगाइहेका छन् । कृषि सामाग्री कम्पनी लिमिटेड दिपायल शाखाका प्रमुख कुम्भराज जोशीले कैलालीमा मल नभएका कारण डोटीमा मल ल्याउन नसकिएको बताउनुभयो ।

उहाँले ‘सुदूरपश्चिम भरी मलको आपूर्ति कैलालीबाट हुने भएको र कैलालीमासमेत मल नहुँदा ल्याउन नसकिएको बताउनुभयो  ।’

डोटीमा बर्से्नि मलको अभाव हुने गरे पनि आपूर्ति सहज बनाउनतर्फ भने ध्यान नदिइएको स्थानीयको आरोप छ । साल्ट ट्रेडिङ कर्पाेरेशनका महाप्रबन्धक केशव पाण्डेयले मल भण्डारण नरहेको बताउनुभयो ।

उहाँले ‘मंसिर अगाडि रसायनिक मल आउने अवस्था नरहेको बताउनुभयो।’ सुदूरपश्चिम प्रदेशमा दुई हजार ५ सय मेट्रिक टन डीएपी र पाँच हजार मेट्रिक टन यूरिया मल आवश्यक पर्ने गरेको छ । साभार : उज्यालो अनलाईन