सर्लाहीमा मंगलबार बिहान गोली प्रहारबाट एकजनाको हत्या भएको छ । रामनगर गाँउपालिका–४ बहुअर्वामा गोली प्रहारबाट स्थानीय राम विलास महतोको मृत्यु भएको हो ।
महतोलाई घर नजिकै दुई पक्षबीच विवाद हुँदा गोली प्रहार भएको स्थानीयको भनाई छ । घटना लगतै आक्रोशित स्थानीयले घटना स्थलबाट शव उठाउन अवरोध गरेका छन् ।
महतोमाथि गोली प्रहार गर्ने समूहको खोजी तथा घटनाको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताउनुभयाे ।