टीकापुर हत्याकाण्ड : सक्कल मिसिल सर्वोच्चमा हुदा सुनुवाई प्रक्रिया अघि बढेन्

टीकापुर हत्याकाण्ड : सक्कल मिसिल सर्वोच्चमा हुदा सुनुवाई प्रक्रिया अघि बढेन्

फायल फोटो : टिकापुर घटनाको आरोपमा पुर्पक्षको लागि कारागार चलान भएकालाई अदालत ल्याईदै । 

धनगढी : टीकापुर हत्याकाण्डको सक्कल मिसिल सर्वोच्च अदालतमा अडकिएको छ । जसका कारण मुद्धाको प्रक्रिया अगाढी बढन सकेको छैन।

घटना भएको तिन वर्षपछि साउन ३० गते भएको पहिलो पेशीमा जिल्ला अदालत कैलालीले वादी प्रतिवादीलाई साक्षी लिएर आउन दिएको आदेश अनुरूप भदौ २४ गतेदेखि वादी प्रतिवादीका साक्षीको वकपत्र (बयान) लिईएको थियो । 

वकपत्र लिने कार्य पनि असोज १२ गते सकिएको छ । वादी प्रतिवादीका ८५ जना साक्षीले घटनाबारे अदालतमा बयान दिएका छन । 

तर, घटनाको सक्कल मिसिल भने सर्वोच्च अदालतमा रहेका कारण समस्या भईरहेको अदालतका श्रेष्तेदार इन्द्र बहादुर कठायतले जानकारी दिनुभयाे। 

टिकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीले अदालतमा आत्मसमर्पण गरेपछि अदालतले थुनामा राख्न आदेश दिएको थियो । 

त्यसपछि उक्त निर्णय विरुद्ध चौधरीले सर्वोच्च अदालतमा मुद्धा दायर गरेपछि घटनाको सक्कली मिसिल सर्वोच्चम पठाईएको थियो । अहिले पनि घटनाको सक्कल मिसिल सर्वोच्चमै छ । 

जसका कारण घटनाका साक्षीको वकपत्र पनि नक्कली मिसिलका आधारमा लगिएको थियो । घटनाका साक्षीको वकपत्र सकिएपछि मुद्धाको पेशी तोकेर मुद्धाको फैसला पक्रिया अगाढी बढाउने तयारी जिल्ला अदालत कैलालीको थियो । 

तर, चौधरीले सर्वोच्चमा हालेको मुद्धाको फैसला नभएका कारण मिसिल पनि नआउदा पेशी चढाउने कार्य पनि सुरु गर्न नसकिएको श्रेष्तेदार कठायतले बताउनुभयाे।

थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबिच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो । 

हालसम्म एक नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ । 

दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौँको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ । 

उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ । 

घटनामा सग्लन अझै ३२ जना फरार रहेको प्रहरीले जनाएको छ ।