कैलालीको घोडाघोडी नगरपालिकामा माटोको ढिस्कोले पुरिएर तीनजना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी नगरपालिका– १ का २७ वर्षीया सीता चौधरी, ३० वर्षीया पार्वती चौधरी र २८ वर्षीया रमिता चौधरी रहेका छन् ।
घोडाघोडी नगरपालिका– १ जनकपुरमा रहेको घर लिप्नलाई माटो लिन गएका वेला सोमबार दिउँसो माटोको ढिस्कोले पुरिएर उनीहरू घाइते भएका हुन् ।
घाइतेहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।