बिजोग व्यवस्थापनका बीच सशस्त्रको "सिमा डियुटी"

बिजोग व्यवस्थापनका बीच सशस्त्रको "सिमा डियुटी"

बिश्व कोरोना भाइरस (कोभिड १९) संग जुधिरहेका बेला कोरोना विरुद्ध फ्रन्ट लाइनमा बसेर काम गरिरहेका भारत सङ्ग जोडिएका सिमामा रहेका सुरक्षाकर्मीको अवस्था भने निकै जोखिम पुर्ण रहेको छ । 

सिमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी यतिबेला २४ घण्टा नै सिमाको रेखदेखमा खटिएका छन । 

दिउँसोको चर्को गर्मी, रातको भीषण हावाहुरी तथा पानीको प्रवाह नै नगरी देशको सिमामा खटिएका सशस्त्र प्रहरी सिमानामा छन ।

दशगजा पारी रहेका भारतिय सिमा सुरक्षा बल (एसएसबी) स्थायि संरचना र हतियार सहित सिमानामा  हुदा नेपाल तर्फका सुरक्षाकर्मी भने  खुला आकाश मै भए पनि लठ्ठीको भरमा अहोरात्र सिमामा खटिएका छन । 

दशगजा पारी रहेका भारतिय सिमा सुरक्षा बल (एसएसबी) स्थायि संरचना र हतियार सहित सिमानामा  हुदा नेपाल तर्फका सुरक्षाकर्मी भने  खुला आकाश मै भए पनि लठ्ठीको भरमा अहोरात्र सिमामा खटिएका छन । 

खास गरेर सुदुरपश्चिम प्रदेशका कैलाली र कंचनपुर जिल्लाभर सिमा जोडिएको क्षेत्रहरु सशस्त्र प्रहरी द्वारा सिल गरिएका छन । २४ सै घण्टा सुरक्षाकर्मिको निगरानीमा रहेका छन । अन्य समयको भन्दा हाल कोरोनाको जोखिम कम गर्न सिमा क्षेत्रहरूमा कडा निगरानी बढाइएको छ  । 

शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएको अवस्थामा मात्र कुनै पनि कार्य प्रभावकारी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने सामान्य मान्यताले पनि सहजै सुरक्षाकर्मीको हालको मनोबिज्ञान बुझ्न सकिन्छ । 

अस्थायी रुपमा "काम चलाउ" बनाइएका सशस्त्र प्रहरीका संरचना बिहिन (बिओपी) हरु मार्फत सिमा निगरानी बढाइएको छ । उच्च मनोबलका साथ सिमामा खटिएका सुरक्षाकर्मी जोखिममा रहेर काम गरिरहेका छन । 
तर प्रहरी निरीक्षकको कमाण्डमा सिमामा तैनाथ सशस्त्र प्रहरीको मनोबल बढाउन तिनै तहका सरकार (नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार) को भुमिका भने निकै कमजोर देखिन्छ ।

संघीय सरकारले पनि मातहतमा रहेको सशस्त्र प्रहरी बिभाग लाई प्रयाप्त रुपमा संरचनात्मक उपलब्धता र प्रोत्साहनका रुपमा थप सुबिधा दिनुपर्ने अवस्थामा त्यस्तो थप कुनै उल्लेख्य निर्णय गरेको देखिदैन , यता प्रदेश सरकारले पनि आवश्यक छलफल तथा सम्वनय गरेर सिमामा प्रभावकारी रुपमा सुरक्षा रणनीति लागू गर्न चासो नै देखाएको छैन भन्दा फरक नपर्ला अझ सशस्त्र प्रहरीका अधिकारीहरुले प्रस्ताव गर्दा समेत आनाकानी गरिएको सम्म जानकारी प्राप्त भएको छ । यता केही स्थानीय तहहरु संगको सम्वनयमा अस्थायी संरचना बनाउन सहज भए पनि धेरै जसो स्थानिय सरकारको नजर पनि यस तर्फ पुगेको देखिदैन ।

शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएको अवस्थामा मात्र कुनै पनि कार्य प्रभावकारी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने सामान्य मान्यताले पनि सहजै सुरक्षाकर्मीको हालको मनोबिज्ञान बुझ्न सकिन्छ । 

सिमा जस्तो संवेदनशिल क्षेत्रमा कटिबद्ध भएर खटिएका सुरक्षाकर्मीको अवस्था हेर्दा निकै दयनीय देखिन्छ ।

खानलाइ पानी छैन, खुला रुपमा शौच गर्नु पर्ने बाध्यता छ, खानाको टुंगो छैन, रातदिन त्रिपाप र रुखको फेदमा ओत लागेर सिमामा निगरानी गर्नु परिरहेको छ । अझ हावाहुरी र पानीको समयमा त्रिपाल र रुखको ओतले थेग्न नसक्दा के बेहोर्न पर्छ होला अनुमान मात्र गर्न सकिन्छ । 

खानलाइ पानी छैन, खुला रुपमा शौच गर्नु पर्ने बाध्यता छ, खानाको टुंगो छैन, रातदिन त्रिपाल र रुखको फेदमा ओत लागेर सिमामा निगरानी गर्नु परिरहेको छ । अझ हावाहुरी र पानीको समयमा त्रिपाल र रुखको ओतले थेग्न नसक्दा के बेहोर्न पर्छ होला अनुमान मात्र गर्न सकिन्छ । 

बिश्व बिपत्ति सग जुधिरहेको यस विषम समयमा सशस्त्र प्रहरीको भुमिकाको अत्यन्तै महत्त्वपूर्ण रहेको छ । मानवीय संवेदनाका हिसाबले पनि सरकारले सिमामा रहेका सुरक्षाकर्मिको अवस्था बारे सम्बोधन गर्नै पर्दछ । रातदिन,घामपानी,भोकनिन्द्रा,घरपरिवार नभनी सिमामा रहेका सुरक्षाकर्मी प्रती सरकार एवं अधिकारीहरु गम्भीर भएर सोच्नु पर्ने देखिन्छ ।

आवश्यक स्वास्थ तथा सुरक्षा सामाग्री, प्रयाप्त डाइट, प्रोत्साहनका योजनाहरु लागू गरिनु पर्दछ भने सिमामा खटिएका सुरक्षाकर्मिका लागि भारतिय सशस्त्र प्रहरी बल (एसएसबी) कै बमोजिम भौतिक संरचना एवं उच्च मनोबल बनाउने वातावरण बनाउन सरोकारवाला सबै चुक्नु हुदैन । 

अन्त्यमा यस्तो विषम परिस्थिति, अभावै अभावका बिचमा पनि अहोरात्र सेवामा रहेका सम्पूर्ण सुरक्षाकर्मी प्रती उच्च सम्मान  ।