चौथो सस्करणको फारवेष्ट पशुपति कप मसिर १४ गतेदेखि

चौथो सस्करणको फारवेष्ट पशुपति कप मसिर १४ गतेदेखि

धनगढी : चाैथो सस्करणको फारवेष्ट पशुपति कप २०७५ मसिर १४ गतेदेखि सञ्चालन हुने भएको छ । 

आयोजक फारवेष्ट पशुपति युवा क्लवले शुक्रवार पत्रकार सम्मेलन गर्दै चौथो सस्करणको फारवेष्ट पशुपति कप मसिर १४ देखि २१ गतेसम्म धनगढी रगशालामा आयोजना गरिने जानकारी दिएको छ । 

क्लवका अध्यक्ष खेम रावतका अनुसार प्रतियोगितामा १६ टिम सहभागि हुनेछन । 

प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरुस्कार पाउने रावतले जानकारी दिनुभयाे। 

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १०÷१० हजार रुपैया पुरुस्कारको व्यवस्था गरिएका छ । 

फारवेष्ट पशुपति युवा क्लव छौँटो रोष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लव हो । 

उनीहरुले विगत चार वर्षदेखि आफु नखेलेर सुदूरपश्चिममा एकेडेमी स्थापना गर्ने उदेश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन ।