पाकिस्तानमा कोरोनाको संक्रमणबाट ६६७ जनाको मृत्यु

पाकिस्तानमा कोरोनाको संक्रमणबाट ६६७ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ६६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६७ पुगेको हो ।

पाकिस्तानमा एकैदिन थप ६०७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३० हजार ९४१ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये ८ हजार २१२ जना उपचारपछि निको भएका छन् । २२ हजार ६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सार्क राष्ट्रमा भारतपछि पाकिस्तानमा कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ ।