स्पेनमा एकै दिन ३ हजार ४८० जनामा कोरोना भाइरसको संक्रमण

स्पेनमा एकै दिन ३ हजार ४८० जनामा कोरोना भाइरसको संक्रमण

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ६८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १२३ जनाको मृत्यु भएको छ भने ३ हजार ४८० जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार ७४४ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६८ हजार १४३ पुगेको छ । १ लाख ७७ हजार ८४६ जना उपचारपछि निको भएका छन् ।

६३ हजार ५५३ जना उपचाररत छन् । त्यसमध्ये १ हजार ६५० जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।