बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३२ हजारभन्दा बढीको मृत्यु

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३२ हजारभन्दा बढीको मृत्यु

४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म २ लाख २३ हजार ६० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २१० जनाको मृत्यु भएको छ भने अरु ३ हजार ८७७ जनामा संक्रमण देखिएको छ ।

१ लाख ९० हजार ६५१ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।