रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई पनि कोरोना भाइरसको संक्रमण

रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई पनि कोरोना भाइरसको संक्रमण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पोस्कोभ पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ५२ वर्षीय पेस्कोभ राजधानी मस्कोस्थित एक अस्पतालमा भर्ना भएका छन् ।

सन् २००८ देखि पुटिनको प्रवक्ताको रूपमा कार्यरत पोस्कोभ अप्रिल ३० यता पुटिनसँग देखिएका थिएनन् । त्यसयता उनी पुटिनसँग भिडियो कन्फरेन्समार्फत सम्पर्कमा रहेको बताइएको छ ।

संक्रमित संख्याका आधारमा अमेरिका र स्पेनपछि सबैभन्दा धेरै प्रभावित भएको रूसमा अहिलेसम्म २ लाख ३२ हजार २४३ जना संक्रमित भएका छन् ।

त्यहाँ २ हजार ११६ जनाको मृत्यु भएको छ भने एक साता यता दैनिक १० हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।